बाहिरियो ओलीले वृद्धभत्ता नबढाउनुको सनसनीपूर्ण खुलासा

Avatar photo
Dhadingpost
असार १५, २०७५

काठमाडौं, असार १५ । निर्वाचनमा वृद्धभत्ता बढाउने भनेर तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले घोषणा गर्यो।

घोषणापत्रमै ५ हजार पुगाउने भनेर लेख्यो। तर, बजेट ल्याउँदा एक रूपैंयाँ पनि नबढाएर जनतालार्इ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ढाट्यो। आशमा बसेका जनता निराश भएका छन्। ओलीले वृद्धभत्ता नबढाउनुको बनावटी कारण देखाएका छन्।

चुनावका बेलामा वृद्ध भत्ता बढाउने आश्वासन दिएर चुनाव जितेका प्रधानमन्त्री ओलीले बिहिबार जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी वर्षदेखि सामाजिक सुरक्षा भत्ता र अन्य सुविधा वृद्धि गर्दै लैजाने बताए ।

अर्थात् आश्वासन दिन उनले छाडेका छैनन् । त्यही आश्वासनले उनले अझै पनि वृद्धवृद्धाको मनमा बस्न छाडेका छैनन् ।

सामाजिक सुरक्षा भत्ता अन्तर्गत स्पाइनल कर्डका बिरामीलाई दिइने भत्तासमेत सरकारले काटेको छ । मुलुकको बजेटको ढुकुटी कसले सकायो रु सरकारले आर्थिक वर्षमा तोकेको बजेट कहिल्यै खर्च गर्न सकेको हुँदैन । तैपनि प्रधानमन्त्री ओलीले बोलिदिए ढुकुटी रित्तो छ ।

तत्कालीन नेकपा एमालेको अल्पमतको सरकारले ०५१ सालमा सुरु गरेको वृद्धवृद्धालाई भत्ता दिने योजना यसपटक बढेन । एमाले र माओवादी (अहिले एकीकरण भएर नेकपा) मात्र होइन वृद्धवृद्धाले आफूलाई हेर्ने पार्टी त यिनै हुन् भन्दै भत्ता बढ्ने आशाले भोट पनि खसालेको बताएका थिए । तर उनीहरु निराश भए किनकि वृद्धभत्ता तीन चौथाइको समर्थनमा बनेको बलियो सरकारले वृद्ध भत्ता बढाएन । त्यसको कारण भने प्रधानमन्त्री केपी शर्मा ओलीले खोलेका छन् । उनले मुलुकको ढुकुटी रित्तो भएका कारण आगामी आर्थिक वर्षको बजेटबाट सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न नसकिएको बताए । बनावटी कारण देखाएर ओली जनताको आलोचनाबाट बच्न खोजेका छन्।