भक्तपुर, असार १५ । नेपाल कै वीर अस्पताल पछिको दोश्रो अस्पतालको रुपमा रहेको यो अस्पतालमा सरकारले आधुनिक तथा सुविधा सम्पन्न नयाँ बनाउने आयोजना गरेको छ ।
कुल रु २३ करोड २१ लाख ५४ हजार २०७ को लागतमा ती सुविधा सम्पन्न र आधुनिक भवन निर्माण हुने छन् ।
अस्पताल विकास समितिका अध्यक्ष प्रेमबहादुर खड्काले ७५ शैयाको स्वीकृति पाएको अस्पतालले थप ५० शैया थप गरेर १२५ शैया पुयाउन माग गरिरहेको बताउनुभयो । अस्पतालमा दरबन्दी नहुँदा आईसीयू सञ्चालन गर्न नसकेको बताउँदै सरकारले डाक्टर र कर्मचारीको दरबन्दी थप गर्नुपर्ने उनको भनाइ छ ।
अस्पताल निर्माणको गुरुयोजना सार्वजनिक कार्यक्रममा स्वास्थ्य मन्त्रालयको नेपाल हेल्थ सेक्टर सपोर्ट कार्यक्रमका सुनिल खड्काले अस्पतालको नयाँ तथा पुराना भवनको नयाँ संचरनाका बारेमा गुरुयोजना सार्वजनिक गरेका हुन्र ।
उनले बेलायतको सहयोगमा नेपाल सरकारले भवन विभागमार्फत तीन वटा नयाँ भवन निर्माण गर्ने र हाल सञ्चालनमा रहेका दुईवटा पुराना भवनको रेक्टोफिटिङ्ग गर्ने जानकारी दिए ।
