काठमाडौं, असार १५ । काठमाडौंको लामबगरमा शुक्रबार बिहानधर्मस्थलीबाट रत्नपार्कतर्फ आउँदै गरेको बस आज बिहान दुर्घटना भएको छ ।
यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् ।
बस खोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।
धर्मस्थलीबाट रत्नपार्कतर्फ आउँदै गरेको बा ३ क ३७४९ नम्बरको बस बिहान करिब ७ः४५ बजे दुर्घटना भएको हो ।
महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार, दुर्घटनाका घाइते १५ मध्ये १२ को ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र ३ जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा उपचार भइरहेको छ । टिचिङमा उपचाररत १ जनाको अवस्था गम्भीर छ ।
