काठमाडौं, असार १५ । दोलखाको गौरीशंकर गाँउपालिका–८ स्थित मन्थली र तातोपानीको बीचमा शुक्रबार बिहान ६ बजे पहिरो खस्दा सिंगटी–लामाबगर सडकखण्ड अवरुद्ध भएको छ ।
अविरल वर्षापछि आएको पहिरोले देशका विभिन्न स्थानका सडकहरु अवरुद्ध हुन पुगेका छन् । सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारी रोकिएका छन् ।
प्रहरीले पहिरो हटाएर अवरोध खोल्ने प्रयास भइरहेको जनाएको छ ।
उता कालिकोटको शुभकालिका गाँउपालिका २, गोगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग ठप्प भएको छ । पहिरोले दैलेख, सुर्खेत, नेपालगञ्ज, जुम्ला, कालीकोटलगायतका स्थानतर्फ जाने र आउने सवारी साधन पूर्ण रुपमा प्रभावित भएका छन ।
