धादिङ असार १४ । सिद्धलेक गाउँपालिका अन्तरगत नलाङमा रहेको मोडल एकेडेमीले ग्रामिण स्तरमा नै गुणस्तरीय अनि सर्वशुलभ रुपमा शिक्षा प्रदान गर्ने ध्येयले कक्षा ११ को लागि बिज्ञान र ब्याबस्थापन अन्तर्गत एकाउन्ट बिषय संचालन गर्ने भएको छ ।
नलाङ सलाङको बिगत ५ बर्षको तथ्यांकलाई हेर्ने हो भने लगभग ३७ प्रतिशत बिध्यार्थीहरुले कक्षा १० पश्चात आफ्नो रुची अनुरुपको पढाई नहुने भएपछि अध्यायनलाइ निरन्तरता दिन अन्यन्त्रै गएको देखिन्छ ।
उच्च शिक्षा हासिल गर्नको लागि स्थानीय स्तरमा गुणस्तरीय शिक्षाको अभाब अनि चाहेको बिषयको अध्ययन गर्ने अवसरका लागि मोडल एकेडेमीले गाउँमै विज्ञान, व्यवस्थापन संकायमा अध्यापन गराउन लागेको शंकर सिलवालले बताए ।
मुख्यतया विज्ञान अन्तर्गत फिजिक्स र बायोलोजी विषयमा र व्यवस्थापन बिषयमा कक्षा सञ्चालन गर्न भर्ना अभियान सुरु गरिएको समेत सिलवालले बताए ।
विद्यार्थीहरुलाई सामुदायिक होस्टलको ब्यबस्था र आवस्यकताका आधारमा यातायातको ब्यबस्था गरिने समेत उनले बताए ।