कार्यकारी अधिकृतलाई दल्यो कालोमोसो

Avatar photo
Dhadingpost
असार १३, २०७५

बझाङ, असार १३ । नेपाल कम्युनिस्ट पार्टीले बझाङको साइपाल गाउँपालिकाका कार्यकारी अधिकृतलाई कालोमोसो दलेको छ ।

जोशीले सोही गाउँपालिकाको लागि आएको २ हजार कुइन्टल चामलमध्ये १५ हजार कुइन्टल चामल लेकमा यार्सागुम्बा टिप्न गएकाहरुलाई राईढुङगी वनमा लगेर बेचेको र उक्त चामलबाट आएको रुपैयाँ हिसाब नदेखाएको जनाईएको छ ।

त्यसैगरी कार्यालय व्यवस्थापनको नाममा जोशीले बिल मिलाएर लाखौं भ्रष्टाचार गरेको नेकपाले दाबी गरेको छ ।

गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीले भ्रष्टाचार गरेको र सहुलियतमा आएको चामल यार्सा गुम्बा टिप्नेलाई बेचेकोले नेकपाले कालोमोसो दलेको हो ।