धनगढी, असार १३ । सँगै बाच्ने, सँगै मर्ने बाचा सहित विवाह बन्धनमा बाधिएका जोडीका लागी सुरुका दिन र महिना छुट्टै रमाइला हुन्छन्
।
भारतको चेन्नईमा होटलमा मजदुरी गर्ने कंचनपुर पुनर्वास–२ का २५ वर्षीया तेज बहादुर बिष्टका लागी यीनै रमाइला दिन कालमा परिणत भएका छन्।
आफ्नो सुन्दर नयाँ जीवन र भविश्यको सपना बुनिरहेका बेला डेढ महिना अघि विहे गरेर भित्र्याएकी श्रीमती उनका लागी काल बनिन्। ‘जेठो छोराकै भरमा पुरै परिवार थियो, बिहे भएपछि आमा तपाइलाई सुख हुन्छ भन्थ्यो,’ उनकी बृद्ध आमा हिरा बिष्टले भक्कानिदै भनिन्, ‘सुखका दिन आउलान भनेको त छोराको कालका रुपमा बुहारी भित्र्याएकी रहिछु।’
गोदावरी नगरपालिका–११ ओलानी वस्ने २२ वर्षीया लक्ष्मी बडेलाले आफ्ना प्रेमी गोदावरी–१२ वस्ने २४ वर्षीया दिपक खत्रीसँग मिलेर नाटकिय रुपमा तेज बहादुरलाई भासुको भिरमा खसालेर हत्या गरेकी छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक बिनोद घिमिरेका अनुसार लक्ष्मी र दिपकले हत्या गरेको स्विकारेका छन्।
