मोबाइलमा स्टोरेज फुलको मेसेज आएर हैरान हुनुहुन्छ ? खाली गर्ने तरिका

Avatar photo
Dhadingpost
शुक्रबार, असार ८, २०७५

सन्तोष अधिकारी, सु-समर्पण कम्पूटर एण्ड मोबाइल सप
धादिङ, असार ८ । अहिले प्रायस सबैको हातहातमा स्मार्टफोन पुगिसकेको छ । छैन भने पनि सबैको रोजाइमा स्मार्ट फोन नै पर्छ ।

स्मार्ट फोन बोक्नेहरुले भोग्नु पर्ने ठुलो समस्या भनेको चलाएको केहि दिन मै ‘स्टोरेज फुल’ भएको म्यासेज आएर हैरान बनाउनु हो । आज हामी किन स्मार्टफोनमा यस्तो मेसेज आउँ छ चर्चा र समाधानको खोजी गर्न तिर लागेका छौ ।

स्मार्टफोनमा निकै महत्त्वपूर्ण डाटा तथा सामाग्रीहरु हुनसक्छन् सँगै अनावश्यक सामाग्री पनि हुन्छन् जसलाई सावधानी पूर्वक हटाउने हो भने केही स्टोरेज खाली हुन्छ यो नै उत्तम उपाय हो ।

कसरी जोगिने स्टोरेज फुल भएको म्यासेजबाट कसरी हटाउने सावधानी पूर्वक अनावश्यक सामाग्री यस विसयमा जानौं ।

१. फ्रि अप स्पेस अप्सनको प्रयोग गर्नेः यदि तपाइँको स्मार्टफोनमा एन्ड्रोइड ओरियो अपरेटिंग सिस्टम प्रयोग भएको छ भने त्यसमा जंक डाटा हटाउने बिल्टअप फिचर उपलब्ध हुन्छ । स्मार्टफोनमा रहेका जंक डाटा हटाउनका लगि सेटिंग अप्सनमा जानुस् र त्यहाँ रहेको स्टोरेज खण्डभित्र रहेको फ्रिअप स्पेसनमा ट्याप गरी डिलिट गर्न चाहेका जंक फाइलहरु छनोट गरी डिलिट गर्नुहोस ।

२. मल्टिमिडिया सामाग्री हटाउनुहोस्ः फोटो तथा भिडियोले मोबाइलको स्टोरेजमा धेरै भाग ओगटेका हुन्छन् । त्यसले आफुलाई अत्यावश्यक बाहेक दोहोरिएका वा अन्य अनावश्यक फोटो, भिडियो तथा म्युजिक फाइल डिलिट गर्नुपर्दछ ।

३. क्लाउडको प्रयोगः आफ्ना फाइलहरुलाई क्लाउडमा सेभ गरी त्यसलाई आफ्नो स्मार्टफोनबाट डिलिट गर्न सक्नुहुन्छ । उदाहरणका लागि गुगल फोटोज एपमा तपाइँ आफ्ना फोटोहरु निशुल्क रुपमा स्टोर गर्न सकनुहुन्छ । त्यस्तै गुगल ड्राइभ, ड्रपबक्स, वन ड्राइभ आदिजस्ता क्लाउड सर्भिसलाई पनि तपाइँ आफ्ना स्मार्टफोनका डाटा ब्याकअप गर्नमा प्रयोग गर्न सक्नुहुन्छ र त्यसरी ब्याकअप गरिसकेपछि आफ्नो स्मार्टफोनलाई खाली गराउन सक्नुहुन्छ ।

४. स्मार्टफोन रिसेट गर्नेः यदि माथि उल्लेखित उपायहरुले पनि काम नगरेमा रिसेट नै गर्न पर्छ । यसले तपाइँको स्मार्टफोनका सबै डाटा डिलिट गरिदिन्छ । तर यसो गर्नुअघि स्मार्टफोनका डाटाहरु कतै ब्याकअप राख्नुपर्छ।