काठमाडौ, असार ८ । सुन तस्करी र सनम शाक्य हत्याकाण्डको छानबिन गर्न बनेको छानबिन टोलीले व्यवसायीअकबर शाहलाई पक्राउ गरेको छ।
सुन तस्करीमा मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाललाई भने समितिले पक्राउ गर्न सकेको छैन।
यसअघि बुधबार व्यवसायी विमल पोद्दारलाई पनि नियन्त्रणमा लिएको थियो।
सुन तस्करीमा मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाललाई भने समितिले पक्राउ गर्न सकेको छैन।
अनुसन्धान टोलीको छानविनबाट तस्करीमा प्रत्यक्ष संलग्न भएको देखिएका अग्रवाल, गोरेका भाई रमेश उप्रेती, सुन व्यवसायी बेनुश्रेष्ठ लगायतलाई पक्राउ गर्न नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले मंगलबार रेडकर्नर नोटिस जारी गरिसकेको छ।
ललितपुरको लविम मलमा रेष्टुरेन्ट भएका शाहको सम्पर्क सुन तस्करहरूसँग देखिएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको टोलीका एक सदस्यले बताए।
