सात वर्षमा चिनियाँ रेल

Avatar photo
Dhadingpost
असार ७, २०७५

बेइजिङ, असार ७ । प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भएको वार्ताले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याएको नेपाली अधिकारीले बताएका छन् ।

चीनको बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा बुधबार सम्पन्न भेटवार्तासहित चीन भ्रमणबारे जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीको यो भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा वपूर्ण खुड्किलो सावित भएको बताए ।

मन्त्री ज्ञवालीले यो भ्रमणको मुख्य उद्देश्य मित्रतालाई सुदृढ गर्ने रहेको र दुई देशबीचको सहयोगका क्षेत्र पहिल्याउने विषयमा पनि विचारविमर्श भएको बताए । चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री ओलीको सन् २०१६ को चीन भ्रमणका बेला भएका समझदारीको सुखद स्मरण गर्दै नेपालले यसबीचमा प्राप्त गरेको उपलब्धि र सक्षम नेतृत्वका लागि बधाई दिएको उनले जनाए ।

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आधा घन्टा छुट्टाछुट्टै भेटवार्ता भएको थियो । प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता ४५ मिनेट भएको थियो ।

राष्ट्रपति सीले असल छिमेकीका रूपमा नेपाललाई चीनले सधैँ सम्मान र सहयोग गर्दै आएको स्मरण पनि गरेका थिए । प्रधानमन्त्री ओलीले असल छिमेकीका रूपमा चीनको साथ र सहयोग पाएको भन्दै आर्थिक विकास र समृद्धिका लागि आफूहरू सधैँ चीनसँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र त्यसलाई व्यावहारिकरूपमा नै पुष्टि गर्दै आएको उल्लेख गर्दै उनले चीनले गरेको आर्थिक र प्राविधिक विकासबाट लाभ हासिल गर्न नेपाल तत्पर रहेको बताए ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवमा निर्वाचित भएकामा राष्ट्रपति सीलाई बधाई दिएका थिए । दुई देशको सरकार र कम्युनिस्ट पार्टीबीचको सम्बन्धलाई थप उचाइमा लाने भन्ने विषयमा पूर्ण छलफल भएको जनाइएको छ ।