रवी लामिछानेलाई कारबाही हूने कूरा बाहिरिए पछि अमेरीकाबाट प्रेमबानीयाले लेखे स्टाटस

Avatar photo
Dhadingpost
असार ७, २०७५

काठमाडौँ, असार ७ । नेपाल को न्युज २४ टेलिभिजन बाट प्रसारण हूने कार्यक्रम सिधा कुरा जनतासंगको प्रस्तोता रवी लामिछानेलाई कार्वाही हूने कूरा वाहिरीए सङ्गै अमेरीकामा बस्दै आएका प्रेम बानीयाले फोटोसहीत आफ्नो फेबुकमा स्टाटस लेखेका छन् ।

यस्तो छ बानियाले लेखेको स्टाटस

“एउटा उल्कापात ! एउटा बज्र वा एउटा सकारात्मक बिध्वंश !! रबि लामिछानेलाई देशप्रवृति, पत्रकारिताप्रवृति र जीवनका धेरै अनुभव, लडाईंजुधाई र सत्यहरु सुम्पिएर र यताका केही ग्रहण गरेर केही समयको लागि ९मात्र केही समयको लागि० विदेसिएको पात्र हूँ म । आज रबिजी त्यही स्टुडियोबाट बोलिरहेका छन् जसका लागि एकएक इटा संकलन गरेर, जग हालेर र त्यसलाई जीवन्त बनाएर हिंडेको हूँ म ।

आज रबिजी माथि आक्रमण गरिरहेका यिनै पिप्साहरुले हिजो मजस्ता धेरैधेरैलाई देश छोड्न बाध्य पारेका छन्, कतिकतिको के(के समाप्त पारेका छन् भनीसाध्य छैन र यस्तै प्रवृतिका पात्रहरुका कारण आज मेरो देशको हालत खराब छ !!! यो एक प्रकारको ‘ओपनसेक्रेट’ हो । उनीहरु भनिरहेका छन् ‘रबिले वर्कपरमिट लिएन, यसो गर्यो त्यसो गर्यो, जेल हाल्नुपर्छ’ आदि ।

तर, बिचराहरुलाई के थाहा रबिजीले अमेरिकाको नागरिकता वा पासपोर्ट नै अमेरिकी सरकारलाई बुझाएको कति भयो र अनि त यति ढिलो आएर (पत्रकारहरु) ‘डेट एक्सपाएर्ड न्यूज’को खेती गरिरहेका छन् १ आज प्रशारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रम हेर्न नभुल्नु होला र थाहा पाउनुहोला कि यो देशमा दुईचार दाना कुहिएका आलुहरुले सिंगै बोरालाई कसरी दुर्गन्धित बनाइरहेका छन् ।

हरपल कुरा भइरहन्छ र भनिरहेको छु रबिजी, कुनै पनि समय, जीवनको कुनैपनि मूल्य चुकाएर देशको लागि परिवर्तनका जबर्जस्त अगुल्टाहरु भएर अघि बढ्नैपर्छ र हम्मेशा म तयार छु अब त हामी झन् तयार भएका छौं विश्वभरीबाट !!!