दक्षिण कोरिया एक नेपालीको मृत्यु

Avatar photo
Dhadingpost
असार ६, २०७५

काठमाडौं, असार ६ । दक्षिण कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोङ सहरस्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत बलकुमार राईको औद्योगिक दुर्घटनामा परी मंगलबार निधन भएको छ ।

राई इपीएसमार्फत तीन बर्ष अघि कोरिया गएका थिए ।

दाना पकाउने भाँडामा ग्यास ओभर भएपछि पड्किँदा नजिकै रहेका राई तातो ग्यास र पाउडरले पोलेर घाइते भएका थिए ।

सोमबार बिहान घटना भएपछि तुरुन्तै भुसान अस्पताल लगिए पनि राति दुई बजे अस्पतालले मृत घोषणा गरेको थियो ।