पिकअप भ्यान दुर्घटना हुँदा एक युवकको मृत्यु

Avatar photo
Dhadingpost
असार ४, २०७५

सिराहा, असार ४ । जिल्लाको कर्जन्हा नगरपालिका–४, भुल्के चोकमा गएराति पिकअप भ्यान दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा छायाँरारा नगरपालिका–५, मुगुका २३ वर्षीय विशाल कामीको ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय बन्दिपुरले बा १५ च ६०४५ नम्बरको कुखुरा बोकेको पिकअप भ्यान अनियन्त्रित भएर पल्टिँदा १ जनाको ज्यान गएको जनाएको छ ।

भ्यानका चालक फरार छन् । प्रहरीले फरार चालकको खोजी र दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।