सवारी दुर्घटना परी मृत्यु हुनेको संख्या ४ पुग्यो

Avatar photo
Dhadingpost
असार १, २०७५

चितवन, असार १ । पृथ्वी राजमार्गअन्र्तगत चितवनको चुम्लिङटारमा शुक्रबार बिहान ०७ः२५ बजे भएको सवारी दुर्घटना परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रकले पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रोबसलाई पानीधारा भन्ने स्थानमा बिहान ०७ः२५ बजे ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा थप १ महिला र २ पुरुषले ज्यान गुमाएका भए पनि उनीहरुको पहिचान खुल्न नसकेको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार उनीहरुको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक त्रिशूली नदी किनारमा पुगेको छ । प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

दुर्घटनामा परी माइक्रोबसका चाल कास्की रुपाकोटका ३२ वर्षीय चन्द्रबहादुर केसीको मृत्यु भएको छ । उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।