विषालु सर्पको टोकाइबाट एक किशोरीको मृत्यु

Avatar photo
Dhadingpost
जेष्ठ १७, २०७५

लहान, जेठ १७ । नगरपालिका–६, भोक्राहामा विषालु सर्पको टोकाइबाट सिरहाको कल्याणपुरमा एक किशोरीको मृत्यु भएको छ ।

विषालु सर्पको टोकाइबाट सिकिस्त भएकी अमिदालाई उपचारका लागि अस्पताल लैजान खोजिए पनि तत्कालै एम्बुलेन्सको व्यवस्था नहुँदा उपचारको अभावमा मृत्यु भएको वडाध्यक्ष राइनले बताए ।

कमला नदीको बगरमा तारबुजा टिप्न गएको बेला विषालु सर्पले टोक्दा स्थानीय ततरा मियाँकी १६ वर्षीया छोरी अमिदा खातुनको मृत्यु भएको कल्याणपुर नगरपालिका–६ का वडाध्यक्ष मोतिबुल राइनले जानकारी दिए ।