एक बालकको शव फेला

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २७, २०७५

गौशला,वैशाख २७। महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा अवस्थित रातु खोलामा नुहाउन जादा बेपत्ता भएको बालक बिहीबार बिहान शव फेला परेको छ ।

परिवारका अनुसार बुधबार साँझ तीनजना साथीसँग खेल्दाखेल्दै नदीमा नुहाउन गएका बालक सोही नदीले बगाएर बेपत्ता भएका थिए । नदीले बगाएर बेपत्ता भएका बालकलाई आफन्त, प्रहरी, नेपाली सेनालगायतले रातभर नदीको विभिन्न भागमा खोजतलास गरेपनि उनी फेला परेका थिएनन् ।

तर, बिहीबार बिहान उनी बेपत्ता भएकै स्थानमा नदीभित्र रहेको खाल्डोबाट पानीमाथि तैरिरहेको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार एकडारा गाउँपालिका–६ बगेया बस्ने किरित दासका छोरा अन्दाजी ९ वर्षीय रोशन दासको शव बिहीबार बिहान रातु खोलामा तैरिरहेको अवस्थामा भेटिएको हो ।