काठमाडौं,बैशाख २६। नेविसंघका दुई गुटले सुन्दरीजलस्थित वीपी कोइराला संग्रहालयभित्र अलग–अलग प्रशिक्षण कार्यक्रम सुरु गर्दैछन् । कार्यक्रमस्थलमा विद्यार्थीहरुभन्दा धेरै प्रहरीहरु देखिन्छ ।
अलग–अलग कार्यक्रम एकै समय र एकै स्थानमा आयोजना गरिएपछि विद्यार्थीहरु भने अन्योलमा परेका छन् । कार्यक्रमस्थलमा विद्यार्थीहरुभन्दा धेरै प्रहरीहरु देखिन्छन् ।
संस्थापन पक्षले टिनको छानो मुनि र संस्थापनइतर पक्षले खुला चौरमा मञ्च निर्माण गरेको छ । दुवै समूहले साउन्ड सिस्टममार्फत् बिभिन्न गीत घन्काइरहेका छन् ।
एउटै समयमा, एउटै स्थानमा अलग–अलग कार्यक्रम गर्दा देशभर गलत सन्देश जाने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले विवाद समाधानको प्रयास गरेका छन् ।
उनले बिहान बुढानिलकण्ठस्थित निवासमा दुवै समूहका नेताहरुलाई बोलाएका छन् ।