हेटौंडा,बैशाख २४। मकवानपुरकोे मनहरि गाउँपालिका– २, ठाडोखोला झुल्यानमा चट्याङ लागेर दुई जनाको मृत्युु भएको छ ।
मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले चट्याङ लागेर घाइते बाबु–छोरीको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जानकारी दिए ।
त्यस्तै हेटौंडा १६ मा चट्याङ लागेर ६० वर्षीय कृष्णबहादुर बलामीको मृत्यु भएको छ । धरमै बसिरहेका उनलाई साँझ पानीसँगै परेको चट्याङ लागेको थियो ।
आइतबार साँझ पानीसँगै परेको चट्याङ लागेर घाइते २८ वर्षीय भीमलाल सिन्तान र उनकी ३ वर्षीय छोरी विमलाको ज्यान गएको हो ।