जगत घिसिङको “हल्का चुप्पा”

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २२, २०७५

धादिङ बैशाख २२ । गायक जगत घिसिङको “हल्का चुप्पा” बजारमा सार्वजनिक भएको छ । आफ्नै शव्द, संगीत र स्वर रहेको विल्कुल पृथक शैलीमा “हल्का चुप्पा” बजारमा आएको हो ।

दर्जन भन्दा बढि गीत बजारमा भएपनि अहिले ल्याएको गीत अझ भिन्न एवं डन्सिङ नम्वर भएका कारण दर्शकले रुचाउने समेत उनले जनाएका छन् । मातातिर्थ औंसीका दिन भक्तपुरको त्रिसुल डाँडाको सुन्दर दृश्यहरुमा उक्त गीतको छायाँङकन गरिएको छ ।

उक्त गीतको निर्देशन प्रतिक तामाङले गरेका हुन् भने प्रस्तुती सेन्जी क्रु भक्तपुरको रहेको छ ।

“तेमाल ग्यामसे ङ खाबा” बोलको तामाङ सेलो घिसिङको लागि सांगीतिक दुनियाँमा टर्निङ पोइन्टको रुपमा लिइन्छ।

भिडियो