धादिङ-पोखरा समाजको भित्तेपात्रो विमोचन

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ९, २०७५

पोखरा बैशाख ९ । धादिङ–पोखरा सम्पर्क समाजले प्रकाशनमा ल्याएको भित्तेपात्रो विमोचन गरिएको छ ।

आन्तरिक राजस्व कार्यालय पोखराका कर अधिकृत विजय लामिछानेले उक्त पात्रो विमोचन गरेका हुन् ।

पात्रो विमोचन गर्दै अधिकृत लामिछानेले भने, ‘तपाइँ व्यावसायीले तिरेको करबाट नै मुलुक समृद्ध बन्ने हो ।

धादिङवासी अत्यन्तै उर्जाशील रहेको भन्दै उनले उर्जाशील शक्ति सही ठाउँमा प्रयोग गर्न आग्रह गरे ।

कायृक्रममा अन्तर समाज महासंघ राष्ट्रिय समिति नेपालका अध्यक्ष दीपेन्द्र राइले धादिङ समाज निकै गतिशील संस्था भएको बताए ।

समाजका अध्यक्ष युवराज खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा समाजका पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, सल्लाहकार केदार धमला, सिद्धलेक गाउँपालिका अध्यक्ष सरस्वती श्रेष्ठ सरु, समाजका वरिष्ठ उपाध्यक्ष सुदर्शन बसौला, उपाध्यक्ष शम्भु अधिकारी र महासचिव हरि पन्त लगायतले शुभकामना मन्तव्य राखेका थिए ।