सरस्वती खाणँ ठकुरी
धादिङ चैत्र ६ । धादिङ साविकको खाल्टे गाविसका युवराज खतिवडा आफैने पौरख र दुःखले करोडपति बनेका छन् ।
स्कुलमा कक्षा ४ देखि नै उनले खाल्टेका उत्पादित उखुको खुदोबाट बनेको पुस्टकारी स्कुल साथीहरुलाई बेच्ने गर्दथे । पढाइमा कहिल्यै दोस्रो नभएका उनी आफ्नो पढाई खर्च आफै जुटाउन पुष्टकारी बेच्थे, स्कुल विदा भएको बेला र साँझ विहान बदम सिलो (अरुले खनजोत गरि बदाम टिपेर छोडेको ठाउँ) खोज्थे बचेको पैसाले कुखुरा किने यहिबाट आफ्नो व्यवसायको सुरुवात भएको उनी बताउँ छन् ।
काठमाडौमा पढ्दै गर्दा पत्रिका बेच्ने हकरको काम गरे, त्यपछि पोखरा प्रवेष गरेका उनी मयुरको प्वाँख बेचे, हातमा घडी लएर टोल टोल गाडी गाडी पुगेर घढी बेचे अहिले उनी सँग पोखरामा ३ वटा ठुला टुला विक्रि केन्द्रहरु संचालन गरि रहेका छन् ।
पछिल्ला चरण यो ३ वटै विक्रि केन्द्र अलवा सिद्धार्थ चोकमा ५ रोपनी जग्गामा ६ तले व्यापारिक महल ४० करोड खर्च गर्दै बनाउँदै छन् । उनको सफल व्यापारिक जिवनी बारेको प्रोफाइलको लागि प्रतिक्षा गर्नु होला ।
भिडियो