ढोलामा चालक पिटिए पछि चालक समाज आन्दोलित

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २, २०७४

धादिङ चैत्र २ । धादिङ ज्वालामुखी गाउँपालिका अन्तरगत ढोलामा गाडी चालक माथि निर्घात कुटपिट भएपछि चालक समाज धादिङ आन्दोलनमा उत्रेको छ ।

ज्वालामुखि गाउँपालिका ढोला बस्ने राजकुमार दुवाडीले बा. ४ ख ६४१७ नम्बरको टिफर चालक बलराम खनाललाई धारिलो हतियार प्रयोग फागुन २८ गते बेलुकी गम्भिर घाइते बनाएका थिए । घाइते खनाल काठमाडौं स्थित ट्रमा सेन्टरमा उपचारत छन् ।

कुटपिट भएकै भोलि पल्ट प्रहरिमा उजुरी दिएको तर प्रहरीले अहिले सम्म नीज राजकुमार दुवाडीलाई पक्राउ नगरेको भन्दै चलक समाज धादिङले शुक्रबार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो ।

चालक माथिको ज्याजती बन्द गर, दोषीलाई कार्वाही गर, गुण्डागिरी चाहिन्न, खुँडा हान्न पाइन्न जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर जिल्ला प्रशासन पुगेका चालकहरुले दोषीलाई पक्राउ गर्न दवाव दिएका थिए ।