धादिङ माघ २९ । धादिङबेसी घर भएका युवा डा. राम थापा क्षेत्री नेपालका राष्ट्रपति विद्यादेवि भण्डारीको हातबाट पुरस्कृत भएका छन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २७ औ स्थापना दिवसको अवसरमा भएको वक्त्रित्वकला प्रतियोगितामा पुरस्कृत भएका डा. राम थापा क्षेत्रीलाई राष्ट्रपति भण्डारीले नगद सहित सम्मान गर्नुभएको हो । पुरस्कृत क्षेत्री नेसनल ओपन कलेज ललितपुरमा स्वास्थ्य सेवा व्यवस्थापन स्नातकोत्तर तेस्रो सेमेस्टरका विद्यार्थी समेत हुन् ।
यस्तै उक्त कार्यक्रममा धादिङबेसीकी काशिका अर्याल पनि कविता विधा तर्फ पुरस्कृत भएकी छिन् । उनलाई पनि राष्ट्रपति भन्डारीले नगद सहित पुरस्कृत गर्नु भएको थियो।