
धादिङ माघ १९ । काठमाडौको भृकुटी मण्डपमा सुरुभएको फोटो प्रदर्शनीमा उपराष्ट्रपति उपराष्ट्रपति नन्दबहादुर पुनले धादिङको फोटोहरु अवलोकल गरेका छन् ।
पहिलो अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उद्घाटन सकेर प्रदर्शनी स्थल अवलोकन गरेका उपराष्ट्रपति पुनले धादिङका फोटाहरु चासो पुर्वक हेरेर धादिङ फोटो पत्रकारलाई धन्यवाद दिएका थिए ।
धादिङका फोटो पत्रकार संघका अध्यक्ष नारायण सिलवालले उपराष्ट्रपतिलाई धादिङ जिल्ला झल्काउने प्रदर्शनीमा राखिएका फोटाहरुबारे जानकारी गराएका थिए ।
धादिङ जिल्लाका सास्कृतिक, कृषि, पर्यटन जोड दिँदै नेपाल फोटोपत्रकार संघ धादिङले फोटोहरु प्रदर्शनीमा राखेको छ । उक्त प्रदशनीका लागी नीलकण्ठ नगरपालिका, धादिङ उद्योग वाणिज्य संघ, गणेश हिमाल प्रर्यटन विकास समितिले सहयोग गरेको अध्यक्ष सिलवालले जानकारी दिए ।
