मिल्दुकामा अहिले सम्म साढें २७ लाख संकलन

Avatar photo
Dhadingpost
बुधबार, माघ १७, २०७४

धादिङ माघ १७ । सिद्धलेक गाउँपालिका अन्तर गत नलाङको मिन्दुकामा कक्षा ११ र १२ संचानार्थ भएको मिन्दुकामाध्यामिक विद्यालयमा संचालित श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ कथा एवम धार्मिक एवं शैक्षिक महोत्सव जारी रहेको छ ।

माघ ११ गतेदेखी सुरु भएको महोत्सवमा बुधबार सम्म २७ लाख ६३ हजार रकम संकलन भएको आर्थिक संकलन समितिको संयोजक टंक तिमिल्सिनाले जानकारी दिए ।

बुधबार सिद्धलेख गाउँपालिकाबाट दम्पती राम बहादुर सिंखडा र तेज कुमारी सिखडाबाट १ लाख ३३ हजार ६ सय ६६ रुपैया, अर्का दम्पती भगवान र विनिताबाट १ लाख ३१ हजार १ सय २१ रुपैया, जिवनाथ अर्यालबाट १ लाख १ सय १० रुपैया दान प्राप्त भएको छ ।

महोत्सवमा प्रत्येक दिन तुलादान, भुमीदान, चौरासी पुजा, रुद्री पुजा र धन धान्यञ्चल एवम् राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा ख्याति प्राप्त बालतपस्बी श्री उत्तम भटट् जी को मुखराविन्दबाट कथा वाचन गरिएकोे छ ।

कक्षा ११ र १२ संचालनमा सहयोग पु¥याउने उदेश्यले मिन्दुका माध्यामिक बिद्यालयले उक्त धार्मिक महोत्सवको आयोजना गरेको हो । महोत्सव १९ गते सम्म जारी रहने आयोजकले जानकारी दिएको छ ।