ऋषि कडरिया
धादिङ, ज्यामरुङ माघ ५ । धादिङको ज्यामरुङमा सम्पन्न भएको चन्द्रसुर्य फुटबल कप ब्रह्माण्डिय युवा क्लबले चुमेको छ ।
नीलकण्ठ ११ ज्यामरुङ सिम्लेमा माघेसंकान्तिको अबसरमा चन्द्रसुर्य समाजद्वारा आयोजित पाँचौ चन्दसुर्य कपको फाईनलमा सल्यानटार युनाईटेड क्लब सल्यानटार हराउँदै ब्रह्माण्डिय युवा क्लबल प्रथम भएको हो ।
प्रथम स्थान हासिल गर्न सफल ब्रह्माण्डिय युवा क्लबलाई नगद रु ३० हजार सहित मेडल प्रमाणपत्र र ट्रफि प्रदान गरिएको छ ।
यस्तै दितिय स्थान हासिल गर्न सफल सल्यानटार युनाईटेड क्लब लाई नगद २० हजार मेडल प्रमाणपत्र, ट्रफि र तृतिय स्थान हासिल गर्न सफल ज्यामरुङ जनप्रिय नव युवा क्लबले नगद रु १० हजारप्रमाणपत्र मेडल र ट्रफि हात पारेका थिए ।
उक्त खुला फुटबल प्रतियोगिता मा २६ टिमको सहभागिता रहेको थियो । बिहिबार बृहत साँस्कृतिक कार्यक्रम गरि समापन गरिएको फुटबल प्रतियोगिता टुकि नेपालका अध्यक्ष एवम् समाजसेवी कमल सापकोटाको प्रमुख अथिति र क्लब को अध्यक्ष राकेश लामपछानेको सभापतित्व रहेको थियो ।