धादिङ खाल्टे, पौष २८ । धादिङको प्रकाश मावि खाल्टेमा एक दिवसिय क्षयरोग तथा एचआइभी एड्स सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नीलकण्ठ नगरपालिकाको सहयोग र नेपाल क्षयरोग निवारण संस्था जिल्लाशाखा धादिङको आयोेजनामा कक्षा ९ र १० मा अध्ययनरत ५० जना विद्यार्थीलाई क्षयरोग तथा एचआइभी एड्स सम्बधी अन्र्तक्रिया गरिएको हो ।
प्रकाशमावि खाल्टेका प्रधानाध्यापक शङकर अधिकारीको सभापतीत्वमा सम्पन्न कार्यक्रममा नेपाल क्ष्यरोग निवारण संस्था जिल्ला शााखा धादिङको उपसभापती श्रीकृष्ण अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । (फोटोः प्रकाश माविको निर्माणाधिन भवन)