धादिङबेसी पौष २४ । धादिङबेसी स्थित बालमन्दिर मावि कक्षा ८ मा पढ्ने दुर्गा सुनार निर्घात पिटिएर निस्काशन भएकी छिन् ।
नीलकण्ठ रायटार निवासी १५ वर्षिय सुनारलाई कक्षा कोठामा फेसबुक चलाएको भन्दै शिक्षिकाहरुले निर्घात पिटेर अभिभावको जिम्मा लगाई अव स्कुल नपठाउनु, उनलाई स्कुलबाट निस्काशन गरिएको बताईएको छ ।
पिटाईको पिडामा उपचार गर्न जिल्ला अस्पताल गएकी सुनारले धादिङपोष्ट सँग मिना मेडमले धेरै पिट्नु भयो, अन्य ५ जना मेडमले पालै पालै पिटे शरिरभर निलडाम देखाउँदै भनिन् ।
छोरीको शैक्षिक सत्र सकिन अब २ महिना मात्र बाँकी छ, पढ्न नपठाउनु भनेर पठाए, यसरी पिट्नु हुन्नथ्यो आमा लक्ष्मी सुनारले भनिन् ।
विद्यालय प्रिन्सिपन कमला श्रेष्ठले हामी सँग भनिन्, फेसबुकले विद्यार्थी विगारेको छ, पिट्न नहुने नै हो तर कार्वाहीको सिलसिलामा कहिले काहि त्यस्तो हुन्छ यसलाई समाचार नमनाई दिन आग्रह गरिन् । आफु विगत २ महिना देखि विरामी भएर विदामा रहेको बताउँदै अब २ महिना बाँकी छ यो अवधीमा विद्यार्थी निश्काशन गर्ने कि न गर्ने छालफल मै रहेको बताउँदै, विद्यार्थी खराब भए रै मिसहरुले पढाउन नसक्ने बताएको हुनसक्ने बताईन् ।
सोमबार दिनभर जसो बालमन्दिरमा पढाईभएन कक्षा ८ मा विद्यार्थी पिट्न र अभिभावकलाई बोलाउन नै शिक्षिकाहरु व्यस्त देखिन्थ्ये ।
सुनारमात्र हैन कक्षा ८ का अन्य ३ जना (विष्णु श्रेष्ठ, सुर्य थापा मगर र सृजना गुरुङ) विद्यार्थीलाई समते निश्काशन गरिएको बताउँदै अभिभावको जिम्मा लगाईएको थियो