धुँवाकोटमा एक लाख पुरस्कार राशी भएको फुटबल २७ गतेबाट

Avatar photo
Dhadingpost
सोमवार, पुस २४, २०७४

सुमन अधिकारी
धादिङ पौष २४ ।
धादिङ जिल्ला मै सर्वाधिक पुरस्कार राशी (एक लाख) भएको फुटबल प्रतियोगिता धुवाँकोट पात्लेमा पौष २७ देखि हुने भएको छ ।

जिल्लाका २५ भन्दा बढी टिम दर्ता भै सकेको ७ साईट फुटबल प्रतियोगिता धुँवाकोट विद्यार्थी उपकार संघले आयोजना गर्न लागेको हो ।
धुँवाकोटमो विद्यार्थी उपकार संघ विधिवत रुपमा २०४९ सालमा समाज कल्याण परिसदमा र २०५१ मा जिल्ला प्रशासन कार्यालय धादिङमा दर्ता भएको संस्था हो ।

यस सस्थाका सस्थापन अध्यक्ष मानबहादुर तामाङ को सम्झना जिल्लाकै सर्बाधिक धनराशी भएको राष्ट्रिय स्तरको खुल्ला 7 A साइड चौथो मानबहादुर मेमोरियल कप फुट्बलको आयोजना गरिएको आयोजकले जनाएको छ ।

उक्त खेलमा धादिङ काठमाडौ नुवाकोटबाट द्दछ भन्दा बढी टिमको सहभागिता हुने आयोजक जनाएको छ । यस प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख र दितिय हुने टिमले नगद ५० हजार पुरस्कार पाउने संघका सदस्य सुर्यबहादुर तामाङले धादिङपोष्टलाई बताए ।