जिल्ला स्तरीय फुटसलको उपाधी ज्वालामुखिले जित्यो

Avatar photo
Dhadingpost
आइतवार, पुस २३, २०७४

धादिङ पौष २३ । धादिङबेसीमा भएको जिल्ला स्तरीय फुटसल प्रतियोगिताको प्रथम पुरस्कार ज्वालामुखि गाउँपालिकाले चुमेको छ ।

धादिङ फुटसल एकेडेमीको आयोजनामा भएको ३ दिन सम्म चलेको फुटसल प्रतियोगितामा प्रतिद्वन्दी बासुदेव स्मृति प्रतिष्ठान सुनौला बजारलाई हराउँदै ज्वालामुखिले प्रथम उपाधी चुमेको हो ।

प्रतियोगितामा ९ गोलको सामना गर्दै ४ गोल गरेको वासुदेव स्मृति प्रष्ठिान सुनौला बजार दोश्रो पुरस्कारमा चित्त बुझाएको छ । ३५ हजार राशीको प्रथम पुरस्कार ज्वालामुखिले जितेको थियो भने दास्रो २० हजारको पुरस्कार स्मृति प्रष्ठिान सुनौला बजारले जित्यो । खेलको समापनमा उत्कृष्ठ गोल रक्षक भएको भन्दै ज्वालामुखिका गोल किपर अनिलशाही ठुकुरी र उत्कृष्ठ खेलाडी भन्दै स्मृति प्रष्ठिान सुनौला बजारका सुरेन मगरलाई पुरस्कृत गरिएको थियो ।

नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा नेपाली काँग्रेसका सभापति रमेश धमला र पूर्व सभापति रामनाथ अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

धादिङ समाज धादिङका फुटबल स्टाइकर गोपी भण्डारीले संचालनमा ल्याएका धादिङ फुटसल एकेडेमीले संचलन गरेको यस प्रतियोगिता १६ टिमले सहभागिता जनाए थिए । शुक्रबार नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता विश्वप्रकाश शर्माले उद्घाटन गर्नुभएको थियो ।