धादिङमा जारी फुटसलको फाइनल खेल आइतबार

Avatar photo
Dhadingpost
शनिबार, पुस २२, २०७४

धादिङबेसी पौष २२ । धादिङबेसीमा जारी जिल्ला स्तरीय फुटसल प्रतियोगिताको फाइनलखेल आईतबार हुने भएको छ ।

जिल्लाका स्तापित फुटबल क्लवहरु भद्रकाली युवा क्लव पहिलो चरण मै बाहिरिएको थियो भने धादिङ समाज धादिङ र फुटसल एकडेमी धादिङबेसी क्वाटरफाइनल पार गर्न सकेनन् ।

आँकलन गरिए भन्दा राम्रा टिम खेलमा हावी भए सँगै जिल्लामा राम्रा कहलिएका फुटबल हस्तीहरु सहभागी टिम आउट भए ।
धादिङ समाज धादिङलाई हराउँदै ज्वालामुखि गाउँपालिका र तेक्वान्दो धादिङलाई हराउँदै सुनौलाबजार गाउँपालिका फाइनल प्रवेस गरेका छन् ।

आईतबार दिनको १ बजे यी दुई टिम बीच फाइनल खेल हुने फुटसल एकेडेमी धादिङले जानाएको छ । धादिङ समाज धादिङका फुटबल स्टाइकर गोपी भण्डारीले संचालनमा ल्याएका धादिङ फुटसल एकेडेमीले संचलन गरेको यस प्रतियोगितामा विजेता र उप विजेतालाई क्रमस नगद ३५ हजार र २५ हजार प्रदान गरिने बृजेश गुप्ताले बताए ।

शुक्रबार नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता विश्वप्रकाश शर्माले उद्घाटन गर्नुभएको फुटसल प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका छन् ।