धादिङ नलाङमा कवर्दी रेफ्री तालिम सम्पन्न

Avatar photo
Dhadingpost
सोमवार, पुस १०, २०७४

धादिङ पौष १० । धादिङको सिद्धलेक गाउँपालिका अन्तरगत नलाङमा मोडल एकेडेमीले जिल्ला स्तरीय कवर्दी रेफ्री तालिम सम्पन्न गरेको छ ।

गत साल भलिबल रेफ्रि तालिम चलाएको मोडल एकेडेमीले यस बर्ष कवर्दी खेलको रेफ्रि तालिम संचालन गरेको हो ।

तीन दिन सम्म चलेको कबड्डी खेलको रेफ्री तालिममा जिल्लाका १७ जनाले तालिम लिएका छन् तालिमको सहजिकरण राष्ट्रिय खेलकुद परिषद कवर्दीका मुख्य प्रशिक्षक तारासिंह भाटले गरेका थिए ।