धादिङ पौष १० । नेकपा माओवादी केन्द्र धादिङका उपाध्यक्ष रामबहादुर भण्डारीले क्रिश्चियन धर्मावलम्बीलाई ख्रीष्टमस दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा नेता भण्डारीले जनयुद्ध त्यसपछिका आन्दोलनको बलमा प्राप्त धर्मनिरपेक्षता कार्यान्वयनका गएको बताएका थिए । भण्डारीले हामी नेपाली सबै धर्मको सम्मान गर्ने महत्वपूर्ण स्वभाव रहेको बताउँदै बताए ।
जीवन मार्ग मण्डली मालेबगरले आयोजना गरेको ख्रीष्टमस दिवस कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा ग्लोरिएस कम्प्यूटरमा प्रमुख बिमल तामाङ अनाथ बालबालिकालाई ख्रीष्टमस दिवसकाृ उपलक्षमा उपहार स्वरुप टि सर्ट प्रदान गरका थिए ।
येशू ख्रीष्टको शुभ जन्मदिनको खुसियालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष महत्वका साथ यो पर्व मनाइन्छ । विसं २०६२/०६३ को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रीष्टमस पर्वलाई येशु ख्रीष्टको शुभ जन्मदिवसका रुपमा मान्यता दिएको छ ।
नेपालको ख्रीष्टियन इतिहास ४०० वर्षभन्दा पुरानो छ । राज्य धर्मनिरपेक्ष हुनुअघि देशभर छरिएर रहेका ख्रीष्टियन समुदायले ख्रीष्टमस पर्वलाई विशेषगरी विभिन्न मण्डली (चर्च) र ख्रीष्टियन संघ संस्था भित्र नै मनाउँदै आएका थिए । हाल देशभर १२ हजराभन्दा बढी चर्च र ३० लाखभन्दा बढी ख्रीष्टियन समुदाय रहेको ख्रीष्टियन महासंघले जनाएको छ ।