धादिङबेसी पौष ९ । धादिङबेसीमा आध्यात्मिक ओमशान्ति संग्रहालय तथा ज्ञान योग कक्षको आज उद्घाटन गरिएको छ ।
महिलाहरुले नेतृत्व गरेको ब्रम्हकुमारी राजयोग सेवा केन्द्र अन्तरगत ओमशान्ति संग्रहालय तथा ज्ञान योग कक्षको जिल्ला समन्वय समितिका अध्यक्ष जगन्नाथ नेपाल र ब्रम्हकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राज योगिनी राजदिदीले गरेका हुन् ।
संग्रहालयमा स्वर्गको परिदृश्य, सुखशान्ति, योग साधना र यसबाट हुने फाइदा कलात्मक रुपमा देखाइएको छ । ब्रम्हकुमारी राजयोग सेवा केन्द्रको सुविधासम्पन्न भवनमा संग्रहालय, वाचनालय रहेका छन् ।
धादिङबेसीमा रहेको ब्रम्हकुमारी राजयोग सेवा केन्द्रको भवन ज्ञानयोग कक्ष करिब ६७ लाखको लागतमा निर्माण गरिएको बताइएको छ ।
योग कक्ष तथा संग्राहलय उदघाटनको समयमा हेलिकप्टरबाट १ लाख इश्वरिय सन्देश समावेश भएको पर्चा वर्षा समेत गरिएको थियो ।