धादिङका उत्कृष्ट विद्यालय अवलोकन (तस्वीर सहित)

Avatar photo
Dhadingpost
बिहिबार, पुस ६, २०७४

धादिङबेसी पौष ६ । धादिङको नलिकण्ठ नगरपालिका ज्यामरुङका कुमारी देवि र जनभावना माविका शिक्षक विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले जिल्लाका उत्कृष्ट सामुदायीक विद्यालयहरु अवलोकन गरेका छन् ।

हरेक साल १०० प्रतिशद विद्यर्थी उर्तिर्ण गर्दै आएको जिल्ला कै उत्कृष्ट सामुदायीक विद्यलय सुनौलो भैरबी, राम्रो मध्य पर्ने धादिङबेसीको बालमन्द्रि मावि, भुुवनेश्वरी मावि लगायतका विद्यलयहरु उनीहरुले अवलोकन गरेका थिए । भ्रममणमा शिक्षा अधिकृत केदार प्रसाद ढकाल, स्रोत व्यक्ति प्रेमकुमारी मल्ल, टुकी नेपालका अध्यक्ष कमल सापकोटाको समेत सहभागिता थियो ।

शैक्षिक सुधार, विद्यालय परिषर, अभिलेखन, अभिभावको चासो, शिक्षकहरुको लगनशिलता र शैक्षिक कार्ययोजनाका विषयमा अवलोकन गरिएको २ दिने भ्रमणको सम्पूर्ण लागत खर्च टुकी नेपालले प्रदान गरेको शिक्षक श्याम धरेलले बताउनु भयो । शिक्षा र स्वास्थ्यमा सहयोग गर्दै आएको टुकी नेपालका अध्यक्ष कमल सापकोटाले अवलोकन भ्रमण अत्यन्त फलदायी रहेको बताउनु भयो ।