धादिङ पौष ६ । धादिङबेसीमा रहेको श्रोतपरिचालन वचत तथा ऋण सहकारी संस्था लि. ले (प्रोवेशन) ब्राण्ड पाएको छ ।
नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून) द्वारा सञ्चालित गुणस्तर सुनिश्चितताका कार्यक्रम प्रोवेशन अन्तर्गत यस वर्ष १४ वटा बचत तथा ऋण सहकारी संस्था मध्ये धादिङको १ मात्र भैरवी सहकारीले (प्रोवेशन) ब्राण्ड पाएको हो ।
धादिङको नलाङ, मैदी, चैनपुर, मार्पाक, गोगनपानी, खाल्टे, सल्यानकोट, ज्यामरुङ, सल्यानटार, ढोला र त्रिपुरेश्वर कार्यक्षेत्र रहेको यस सहकारीमा ३ हजार ७० जना सेयर सदस्य रहेका छन् ।
शेयर पूँजी २ करोड १७ लाख २२ हजार ५०० रहेको यस सहकारीले ४ क्षेत्रहरु (व्यापारीक कर्जा, कृषि कर्जा, शैक्षिक कर्जा, हायरपर्चेज कर्जा र अन्य क्षेत्र) मा ऋण लगानी गर्दै आएको छ सहकारीका अध्यक्ष प्रदिप अधिकारीले बताउनु भयो ।