जे जे, पर्छ पर्छ सार्वजनिक

Avatar photo
Dhadingpost
बुधबार, पुस ५, २०७४

धादिङ पौष ५ । संचारकर्मी तथा गायक कृष्ण पाण्डेले जेजे पर्छ पर्छ’ सार्वजनिक गरेका छन् । सानै देखि संगीत बिसेष रुची भएका कृष्ण उच्चशिक्षा हासिलका लागि काठमाण्डौ पसेका हुन् उनि पढाईका साथ् साथै गीत संगीतलाइ पनि निरन्तरता दिरहेका छन् ।

उनले आफ्नो संगित यात्राको क्रममा आफ्नो नयाँ गित जे जे पर्छ पर्छ सार्वजनिक गरेका हुन । गीतमा सुरेन बश्याल र स्मृतिको मगर रोमान्स देख्न सकिन्छ भने देविका थपलिया र कृष्ण पाण्डेको स्वोरमा रहेको छ ।

उक्त गितमा संगीत अर्जुन पोखरेलको रहेको छ भने सब्द संगीतकार यादब लम्सालको रहेको छ साथै यस गीतलाई छायांकन अजय रेग्मीले गरेका हुन् भने डिरेक्सन सुमन लामाले गरेका हुन् । गित निकै राम्रो बनेको र कृष्णले मेहेनेत गर्न सक्ने साथै अझै मेहेनेत गरे नेपाली संगीतमा जम्न सक्ने उनका गुरु अर्जुन पोख्रेल भन्छन ।

कृष्ण भाइ मेहेनती छन् राम्रो गरे मार्केट खान्छन आफ्नो नाम स्थापित गर्छन भन्छन उनका गुरुहरु । सोबुल थापाको नृत्य निर्देशन रहेको उक्त गीतको भिडियो यस्तो बनेको छ ।

https://www.youtube.com/watch?v=eB1i_wEDDT8&feature=youtu.be