धादिङ पौष ५ । नेपालका परराष्ट्र सह सचिव कृष्ण प्रसाद ढकालको नेतृत्वमा नेपालको उच्चस्तरिय सरकारी टोली बेल्जियममा रहेका नेपाली सँग अन्तरक्रिया गर्न जाँदै छन् ।
टोलीले डिसेम्बर २४ देखि जनवरी ३ सम्म ब्रसेल्सको भ्रमण र नेपालीहरु सँगको अन्तक्रिया कार्यक्रम भएकोमा गैर आवसायी नेपाली संघले खुसी व्यक्त गरेको छ ।
नेपाल र युरोप धेरै लामो समयदेखि भौगोलिक रुपमा अत्यन्त टाढा भएतापनि भावनात्मक र कुटनैतिक सम्वन्धको हिसावले अत्यन्त निकटतामा रहेको बताउँदै गैर आवसायी नेपाली संघका अध्यक्ष लोक दाहालले कार्यक्रममा सहभागि हुन बेल्जियममा रहेका नेपालीहरुलाई आग्रह गरेका छन् ।
बेल्जियममा करीब ३ हज़ारको हाराहारीमा नेपालीहरु छन् । पछिल्लो अवधिमा नेपालमा २०७२ बैसाख १२ गते आएको महाविनाशकारी भुकम्पपश्चातको पीडा र धनजनको क्षतीमा गैरआवासिय नेपाली संघले संस्थागत रुपमा गरेको सहयोग तथा अन्य विभिन्न क्षेत्रहरुमा भएका विकास निर्माण, शिक्षा, स्वास्थ्य र सामाजिक जागरणमा समेत महत्वपूर्ण भुमिका निभएको बेल्जियमबासी नेपालीहरुको छाता संस्था गैर आवसायी नेपाली संघले विज्ञप्ती जारी गर्दै परराष्ट्रटोली को भ्रमण तथा अन्तरक्रियाको का लागि खुसी व्यक्त गरेको छ ।
विज्ञप्तीमा भनिएको छ, नेपालमा भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रुपमा सफलतापुर्वक सम्पन्न भएकोमा हामी गैरआवासिय नेपालीहरुमा खुशी छाएको छ । हामी नेपाल सरकार, राजनीतिक दल र समस्त नेपाली मतदातालाई अत्यन्त सान्तिपूर्ण र सफलतासाथ निर्वाचन सम्पन्न पारेकोमा हार्दिक बधाई दिन चाहन्छौं । साथै निर्वाचनमा विजय प्राप्त गर्नुहुने सम्पूर्ण उम्मेदवारहरुलाई हादिक बधाई तथा कार्यकालको सफलताको कामना गर्न चाहन्छौं । यो निर्वाचनले नेपालमा स्थायी सरकारमार्फत विकास र समृद्धिको अभियान अगाडि बढ्ने आशा एवं विश्वास हामीले गरेका छौं ।
विज्ञप्ती मार्फत आव्हान गर्दै लेखिएको छ,
१ गैरआवासिय नेपालीहरुको एकीन तथ्यांकबारे सरकारी पहल र चासो आवश्यक छ ।
२ युरोपका मुलुकहरुमा राजदुतावास र सरकारी प्रतिनिधिहरु पर्याप्त छैन ।
३ गैर आवासिय नेपालीहरुले भागिरहेको दोहोरो नागरिकताको समस्या अझै हल भएको छैन ।
४ गैरआवासिय नेपालीहरुलाई नेपालमा लगानी गर्ने वतावरण निर्माण गरी प्रत्साहीत गर्नु आवश्यक छ ।
यी उल्लेखित बुदाहरूमा छलफल गरीने जानकारी गर्दछौ १ साथै उक्त कार्यक्रममा ग़ैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय समीतिका केन्द्रीय उपाधक्ष्य श्री कुल आचार्यको पनी उपस्थित रहने प्राप्त जानकारी आयकोले
बेल्जियम स्थित सम्पूर्ण संघ संस्था , पत्रकार , र ग़ैर आवासीय नेपाली हरूलीई उक्त कार्यक्रम मा उपस्थित भईदिनुहुन हार्दिक आवहान गर्दछौ