घर घरमा खानेपानी धारा पुगेपछि गडरेमा खुसीयाली

Avatar photo
Dhadingpost
मङ्लबार, पुस ४, २०७४

धादिङ पौष ४ । धादिङको त्रिपुरेश्वर स्थित गडरेका स्थानियहरुको घर घरमा खानेपानीको धारा पुगेपछि स्थानियहरु हर्षित बनेका छन् ।

एक्सन नेपाल र अक्सफामले साझेदारीमा भुकम्प प्रतिकार्य परियोजना अनुरुप त्रिपुरेश्वरको गडरेका स्थानियहरुको घरघरमा धारा पुगेपछि स्थानियले खुसि मनाएका हुन् ।

सोमबार भएको यस परियोजनाको सामाजिक लेखा परिक्षणका क्रममा उपभोक्ता समितिका अध्यक्ष उदयविक्रम घलेले गाउँका घर–घर खानेपानी धारा पुग्ने गरी परियोजना संचालन गरेमा एक्सन नेपाल देविरमण आचार्य र अक्सफामका इञ्जिनियर सुरज परियारलाई फुलमाला र प्रशंषा पत्र प्रदान गर्दै सम्मान गरेका थिए ।

स्थानियहरुको ३५ प्रतिशद श्रमदान र ८ लाख ४८ हजार १९४ एक्सन नेपाल र अक्सफामको सहयोगमा कुल १३ लाख ४ हजार ९१४ रुपैयामा उक्त परियोजना सकिएको अध्यक्ष घलेले जानकारी दिनुभयो ।