धादिङबेसी पौष १ । एकको लागि सबै, सबैको लागि एक नै सहकारी भन्ने मुल नारालाई आत्मसात गर्दै शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था धादिङले सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
विगतका वर्षहरुमा राजनितिक पार्टीका नेताहरु खचाखच उपस्थिति गराएर सम्पन्न हुने गरेको यस सहकारीको साधारण सभा, यस पटक भने त्यसो गरेनन् । संयुक्त स्वामित्व तथा प्रजातान्त्रिक रुपमा नियन्त्रित भै आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता र आकांक्षाहरु पुरा गर्न स्वेच्छिक रुपमा एकजुट हुने उद्धेश्यले लिएर २०६७ साल असोज २० गते स्थापना भएको हो ।
जिल्ला भरका विभिन्न तहमा कार्यरत शिक्षक तथा विद्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई समेट्ने गरी शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लि। नीलकण्ठ ३ धादिङमा विधिवत रुपमा जिल्ला सहकारी डिभिजन कार्यलय धादिङमा दर्ता भएको हो । संस्थाको कार्यक्षेत्र उत्तर गणेश हिमालको फेदी देखि दक्षिण महाभारत लेकसम्म फैलिएको छ । यस संस्थाको २०७४ को आषाढ मशान्तसम्मको शेयरपुजी १६,४२००० रहेको छ । आर्थिक वर्ष ०७३/७४ मा सबै खर्च कटाई ९६,४८४९२ शुद्ध नाफा गर्न सफल भएको छ । २०७४ आषाढ मशान्तसम्म जम्मा शेयर सदस्य ५०७ जना रहेको छ । जसमध्ये पुरुष ३२३ जना र महिला १८४ जना रहेको छ ।७३/७४ मा ९७ जनालाई ऋण लगानि गरको छ ।
त्यसै गरी बालबचतमा २८ जना रहेको छ । संस्थाले शेयर सदस्यहरलाई विनाधितो रु १०,००० एक वर्ष भित्र सांवा ब्याज बुझाउने गरी ऋण उपलब्ध गराउने र सुत्केरी महिला काजक्तियामा बस्ने शेयर सदस्यहरुलाई १२ प्रतिशत मा विना धितो रु ४०,००० सम्म ऋण उपलब्धराउदै आएको छ । संस्थाको अध्यक्ष केशरी प्रसाद पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष इन्द्र बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ०७४ मा एसइइ परिक्षमा सवोत्कृष्ट हुने विद्यार्थी अभिभावकहरुलाई प्रमाणपत्र र नगदद्धारा सम्मान गरिएको थियो