चेपाङ सफलतामा: काउली बेचेरै बन्यो पक्की घर

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर २९, २०७४

राजेन्द्र बस्नेत
धादिङ, मंसिर २९ ।
चेपाङका दर्दनाक कथा नियमित नस्तै नेपाली संचारमाध्यमले प्राथमिकता राख्ने गर्दछन् । दर्जनौ संघ संस्था संस्थाहरु चेपाङ समुदायको जीवन स्थर बृद्धिका लागि संचालनमा छन् तर पनि चेपाङ समुदायको समयस्या जस्ताको तस्तै छ ।

जस्ले सिप र समयको ख्याल गरेको र शिक्षलाई जोड दिए आज ति चेपाङ परिवारले आफै दैनीक जिवनमा परिवर्तन ल्याएका छन् ।हजारौ चेपाङ परिवार अहिले पनि खोरिया खेती र जंगली कन्दमुलकै भरमा जीविका गुजारी रहकेका छन् । कयौ रात खाली भोको पटे पानीले भरेर सुतेकाछन् । कयौ चेपाङ परिवारले काउली वन्दा देखेका छैनन् । तर २८ बर्षिय विनोद चेपाङ काउली वन्दा वेचेर पक्की घर बनाएर बसेकाछन ।

उनी भन्छन्  “अवसर पाए चेपाङ पनि के कम, खेतीपाती गरेर पैसा कमाउन सक्छन्”। आफ्ना वालवच्चालाई पढाउन, राजनीति गर्न र आर्थिक सम्वृद्धिमा लम्कन अवसर नै महत्वपूर्ण हुन्छ । राजमार्ग आसपास रहेका चेपाङ परिवारलाई खान लगाउन त्यति समस्या छैन । महाभारत लेकमा बसोवास गर्ने चेपाङ दुई चाक खानै मुस्किल छ भन्छन्  चेपाङ ।

तत्कालिन नेकपा माओवादीमा लागेर जनमुक्ति सेनामा ८ बर्ष विताएका चेपाङ सेना समायोजन नगई चरौदी चोकमा ४ बर्ष जुस पसल चलाए । त्यसपछि २०७० सालमा केही कमाउने सपना बोकेर उनी मलेसिया गएका थिए । २ बर्ष मलेसियामा बिताउदा खासै सन्तुष्ट भएनन् ।  घर पर्केर २०७३ देखि आफ्नै जग्गामा तरकारी खेती शुरु गरे । तरकारी खेती गरेरै चेपाङले चरौदीमा २ तलाको पक्की घर बनाई सकेको छन् । घर बनाउँदा लागेको वाँकी ऋण तरकारी खेती बाटै तिर्ने योजना बनाएकाछन् । ‘तरकारी खेतीबाट यसैगरी आम्दानी हुँदै गयो भने त्यो ऋण तिर्न सक्छु’ चेपाङले बताए ।

कमाउन विदेशनै जानुपर्छ भन्ने युवाहरुको लागि चेपाङ मार्गदर्शक बनेका छन् । सवैलाई अवसर दिनु पर्छ, सवैले कमाउन सक्छन् । त्यसका लागि राज्यले वातावरण बनाई दिनु पर्छ । मेरो खेतवारी राजमार्गसंग जोडिएको छ । रात साँझ विहान जुन सकुकै वेला मैले उत्पादन गरेको तरकारी बेच्न सक्छु । सवै चेपाङले यो अवसर कहिले पाँउछन् उनको प्रश्न छ । तरकारी खेती शुरु गरेकै बर्ष उनले खर्च कटाएर ७ लाख रुपैँया बचाए । यसबाट उनी तरकारी खेतीमा हौसिए ।

जिल्लाको बेनीघाट रोराङ गाउँपालिका वडा नम्वर ७ चरौदी बजारका चेपाङले यसबर्ष पनि ६ लाख रुपैँया आम्दानी गरिसकेका छन् । अव चैत्र सम्ममा ७ लाख रुपैँया आम्दानी गर्ने योजना सहित तरकारी खलगाएकाछन् । उनले ६ रोपनी खेत र ४ रोपनी पाखो बारीमा तरकारी खेती गर्दै आएका छन् । कुन मौसममा के तरकारी लगाउँदा फाइदा हुन्छ हेक्का राख्छन् । खासगरी बेमौसमि तरकारी खेती गर्दै आएका विनोदले काउली, बन्दा, बोडी, करेला, भेण्टा र घिरौला मात्र खेती गर्छन् । अहिले उनको बारीमा काउली र बन्दा सकिन लागेको छ भने करेलाका विरुवा सार्ने बेला भएको छ । मौसम  मिलाएर कहिले बोडी, कहिले बन्दा र काउली, त कहिले भण्टा, करेला र घिरौला लगाउने गरेको बताए । तरकारी संकलन केन्द्र नजिकै भएर पनि विनोदलाई तरकारी खेती गर्न सजिलो भएको छ । 

चरौदीमा रहेको तरकारी संकलन केन्द्रमा ६० रुपैँया प्रति किलोका दरले बन्दा विक्री गरे भने काउलीको प्रति किलो ९५ रुपैँया सम्ममा विक्री गरे । ‘बजारमा कुन समयमा के तरकारीको भाउ आउँछ भन्ने अड्कल गरेर खेती गर्दा राम्रो फाइदा हुन्छ’। आफु देखासिकीबाट तरकारी प्रति आर्कषित भएको चेपाङले भुलेका छैनन् । तरकारी खेतीलाई व्यवसायीक रुपमा निरन्तर अघि बढाउने योजना छ । लेर्यस कुखुरा पाल्न ४ लाखको लगानीमा खोर तयार गरिसकेका छन् । तस्वीरः राजेन्द्र बस्नेत