धादिङका एम्बुलेन्स अंकल श्रेष्ठ सम्मानित

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २०, २०७४

धादिङबेसी मंसिर २० । धादिङ जिल्लामा मात्र नभएर देशभर एम्बुलेन्स अंकलका रुपमा परिचित धादिङबेसी बीचबजारका नारायण कुमार श्रेष्ठ पुरस्कृत भएका छन् ।

२४ सै घण्टा मानविय सेवामा समर्पित रहेको भन्दै श्रेष्ठलाई अन्तर्राष्ट्रिय स्वयम् सेवा दिवसको अवसरमा सोल्टी क्राउन प्लजामा ५ हजार पुरस्कार सहित अन्तर्राष्ट्रिय स्वयम् सेवक उपाधिद्वारा सम्मानित गरिएको हो ।

२०७२ सालमा गएको भूकम्पबाट घाईते भएकाहरुको उद्धार तथा प्राथमिक उपचारका कार्य कार्यदेखि राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चर्चामा रहेका उनलाई एम्बुलेन्स भन्दा छिटो घटना स्थल पुग्ने भएका कारण उनलाई एम्बुलेन्स अंकलका रुपमा परिचित बनेका हुन् । नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखा धादिङमा आबद्ध उनी हरेक दुर्घटनामा पुग्ने र उद्दार तथा प्रथामिक उपचार परामर्श दिने गर्दछन् ।