अमृत तामाङ,
धादिङबेसी मंसिर १९ । प्याब्सन तथा नेशनल प्याब्सन सम्योजन समिती (पान्को) धादिङको हाजिरि जवाफ प्रतियोगितामा समान अंकका साथ धादिङबेसी स्थित एड्भान्स एकेडेमी र न्यू किबो बोर्डिङ प्रथम भएका छन् ।
एड्भान्स एकेडेमी प्राङ्गणमा सोमबार भएको आधारभुत तह अन्तर विद्यालय हाजिरजवाफ प्रतियोगितामा यी दुई विद्यालय प्रथम भएका हुन् नेशनल प्याब्सन केन्द्रिय सदस्य एबम नेशनल प्याब्सन धादिङको अध्यक्ष कृष्ण प्रसाद दाहालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उप जिल्ला शिक्षा अधिकारी शोभाकर रेग्मीको प्रमुख आथित्यता रहेको थियो । धादिङबसीमा संचालनमा आएका ६ वटा निजि विद्यालयबाट २/२ समुह गरि १२ समूहले भाग थिए ।
प्रतियोगितामा न्यू धादिङ बोर्डिङले द्वितीय स्थान र चिल्ड्रेन पार्क बोर्डिङले तृतीय स्थान हासिल गरेका छन् । साथै सुनगाभा एकेडेमी र धादिङ बोर्डिङले सान्त्वनामा चित्त बुझाएका छन् । व्यक्तिगत तर्फ चिल्ड्रेन पार्क समूह क प्रथम, न्यु धादिङ बोर्डिङ समुह ख र न्यु किबो बोर्डिङ समूह ख द्वितीय साथै एड्भान्स एकेडेमीका दुबै समूह समान अंक सहित तृतिय र धादिङ बोर्डिङ समुह क सन्त्वना हुन सफल भएको छ। जिल्लामा नै पहिलो पटक प्रविधिको प्रयोग गरि सफ्टवेयरको सहायताबाट बज्जर राउन्ड समेत खेलाइएको थियो । यो भन्दा अगाडि सिठ्ठिको प्रयोग गरिदै आएको थियो । प्रविधीको प्रयोग सहित सम्पन्न प्रतियोगितामा नयाँ कुरा सिक्न पाएकोमा सहभागी विद्यार्थीहरु खुसी व्यक्त गरेका थिए ।