धादिङका लोक दाहाल दम्पतिको स्यवंसेवा अभियान तान्जानियामा

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर १५, २०७४

धादिङ मंसिर १५ । धादिङ बुढाथुमका लोक दाहाल एनआरएन बेल्जियमका अध्यक्ष हुन् । सामाजिक सेवालाई आफ्नो कर्म सम्झने दाहाल यतिबेला अफ्रिकी मुलुक गरिबीले आक्रान्त मूलुक तान्जानियाको ग्रामीण बस्तीमा छन् । शिक्षा र स्वास्थ्यमा सेवा गर्न हौसिने दाहाल दम्पती विद्यालय निर्मार्ण, छात्रबृद्धी र स्वास्य उपचार शिविर लिएर तान्जानियाको ग्रामीण बस्तीमा पुगेका हुन् ।

यदि सेवालाई धर्म ठान्ने हो भने भुगोलले छेकवार लगाउँदैन भन्ने उखान चरितार्थ गर्न सफल भएका छन् गैरआवासिय नेपाली संघ बेल्जीयमका अध्यक्ष लोकप्रसाद दाहाल । नेपालबाट रोजगारीको सिलसिलामा आज भन्दा २० वर्ष अघि बेल्जीयम प्रवेश गरेका एनआएनए बेल्जीयमका अध्यक्ष लोकप्रसाद दाहाल अहिले बेल्जीयमबाट अफ्रीकी मूलक तान्जानियमा पुगेका छन् ।

दुई हप्ते बसाईको कार्यतालिका बनाएर तान्जानिया पुगेको उक्त टोलीमा केही चिकित्सक र युवाहरुको टोली रहेको छ । दाहालका अनुसार बेल्जीयमको फ्रम पिपल टु पिपल कार्यक्रमको चिकित्सक र प्राविधिक समुहले उक्त अभियानमा सहभागिता जनाएको हो । आफ्नै खर्चमा स्वयंसेवा गर्न हिँडेको उक्त टोलीले तान्जानियामा रहेको बेल्जीयमकै टिमले निर्माण गरेको विद्यालयको भत्किएका भित्ताहरु, उप्कीएको रंग र विग्रीएका फर्निचर र संरचनाको जिर्णोद्धार गरिरहेका छन् ।

आफैंले खाजा र खानाको समेत व्यवस्था गरेर काममा खटिएका उनीहरुले विद्यालयमा सरसफाई, रंगरोगन गरिहेका छन् । उनीहरुले विद्यार्थीहरुको स्वास्थ्य परिक्षण र औषधी वितरण गर्नुका साथै विद्यार्थीहरुलाई शैक्षिक सामग्री समेत प्रदान गरेका छन् । फ्रम पिपुल टु पिपुल कार्यक्रमले अफ्रिकी मूलुक लगायत बंगलादेश, म्यानमार, पाकिस्तान, इन्डोनेशिया, फिलिपिन्समा यस्ता खालका स्वयंसेवाका कार्यहरु गर्दै आएको छ । दाहालका अनुसार अब नेपालमा पनि उक्त टिमले शिक्षा र स्वास्थ्यसँग सम्वन्धित स्वयंसेवाको अभियान लिएर छिट्टै आउनेछ ।

उनले आफूले नेपालको ग्रामिण र पिछडिएको क्षेत्रमा यस्ता कार्यक्रम सञ्चालन गर्ने उद्धेश्य राखेको बताए । यस अघि नेपालमा आएको महाविनाशकारी भुकम्प पछि दाहालकै नेतृत्वमा पुननिर्माणका दर्जनौं कामहरु भएका छन् भने आगोले जलेर मराणासन्न अवस्थामा पुगेको राउटे युवाको कुशलता र सफलतासाथ उपचार गर्ने र ज्यान बचाउने कार्य पनि दाहालकै नेतृत्वमा भएको थियो ।