धादिङमा मतदान केन्द्र मै बम, सेनाद्वारा निष्कृय

Avatar photo
Dhadingpost
शनिबार, मंसिर ९, २०७४

धादिङ मंसिर ९ । धादिङ जिल्लामा केहि दिन देखि दैनिक जसो बम आतङ्क जारी रहेको छ ।

बम आतङ्कले, शनिबार पनि छाडेन सर्वसाधरणलाई धादिङका दुई मतदान केन्द्र जीवनपुर कोरमाईलो डाँडास्थित मतदान केन्द्र र गजुरीको कर्कलेस्थित मतदान केन्द्र जाने चिसापानी सडकमै राखेको बम शनिबार नेपाली सेनाले निस्कृय गरेको गजुरीस्थित ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले बताए ।

भए रहित बातावरणमा निर्वाचन हुन्छ ढुक्कभएर मतदान प्रक्रियामा सहभागि हुन निर्वाचन कार्यालयले मतदाताहरुलाई आग्रह गरि रहेको छ ।