एड्भान्सले मनायो, भव्य रुपमा विश्व बाल दिवस

Avatar photo
Dhadingpost
सोमवार, मंसिर ४, २०७४

धादिङबेसी मंसिर ४ । धादिङबेसी पुछारबजार स्थित एडभान्स एकेडेमीले विश्व बाल दिवसको भव्य रुपले मनाएको छ ।

विद्यार्थीहरुलाई जातिय पहिचान झल्कने गरि भेष भुषामा उतारेको एड्भान्स एकेडेमीले विभिन्न भाषा भाषीको गितमा नृत्य प्रतियोगिता गरि विश्व बाल दिवस मनाएको हो ।

साँस्कृतिक कार्यक्रममा भाग लिने मध्य ५ समुहलार्इ विद्यालयको तर्फबाट गोलाप्रथाबाट छनौट गरि प्रिन्सिपल गोबिन्द बुढाथोकीले नगद पुरस्कार प्रदान गरेका थिए ।

नगद पुरस्कार प्रदान गर्दै विद्यार्थी सँगै साँस्कृतिक कार्यक्रम हेर्न पुगेका अभिभावकलाई प्रिन्सिपल बुढाथोकीले विद्यार्थीहरुको पढाइको अलवा ट्यालेन्ट्को पनि पहिचान गर्न मद्दत पुगेको बताउँदै उत्साह जनक सहभागिता जनाउने अभिभावलाई धन्यावाद दिएको थिए ।

धादिङको निजि विद्यालयहरुको भिडमा एड्भान्स एकेडेमीले बाललबालिकालाई पढाईको अलवा विभिन्न प्रतिभाहरुलाई उजागर गर्दै आईरहेको छ ।