थाँक्रेमा बम विष्फोट धन्नले बाँचे उम्मेदवार (घटना स्थल रिपोर्ट)

Avatar photo
Dhadingpost
आइतवार, मंसिर ३, २०७४

धादिङ मंसिर ३ । धादिङको प्रतिनिधि सभा क्षेत्र नं. १ को थाँक्रेमा उम्मेदवार चढेको गाडीलाई लक्षित गरि बम पड्कदा उम्मेदवार धन्नले बाँचेका छन् । घटनाका प्रत्यक्ष दर्सी विकास भण्डारीका अनुसार उम्मेदवार चडेको गाडीलाई लक्षित गरि एम्बुस राखिएको रहेछ, तर एम्बुस राखेको ठाउँमा पुग्न २ मिटर बाकी हुँदैमा पड्कीएकाले उम्मेदवार धन्नले बाचेका हुन् ।

चुनाबी प्रचार (प्रसार कार्यक्रम अन्तर्गत घर (दैलो गरी थाक्रे गाउपालिका वडा न ४ स्थित महाकाली मा बि, बाउन थान मा आयोजित कोणसभा मा जानेक्रममा संयुक्त बाम गठबन्धन धादिङ प्रतीनिधीसभा निर्बाचन क्षेत्र न १ का उम्मेदवार एवम नेकपा (एमाले) धादिङ का अध्यक्ष कमरेड भुमि त्रिपाठी चढेको गाडीलाई लक्षित गरि थाक्रे गाउपालिका वडा नं ५ दामेचौरमा कुकर बम (एम्बुस) पड्काइएको थियो । बम कस्ले पढ्कायो कसैले जिम्मा लिएको छैन ।

बिहान जिल्ला निर्वाचन कार्यालय परिसर धादिङबेसीमा भेटिएको सकेट बम सेनाले डिस्पोज गरेको बेहि घण्टा मै थाँक्रेका अर्को बम पड्किएको थियो ।