धादिङबेसी मंसिर ३ । धादिङबेसी स्थित जिल्ला निर्वाचन कार्यालय धादिङ परिसरमा फेला परेको बम सेनाले डिस्पोज गरेको छ
आइतबार बिहान निर्वाचन कार्यालय परिसरमा फेला परेको बम नेपाली सेनाको डिस्पोजल टोलीले १२ बजे पड्काएर डिस्पोज गरेको हो ।
बम कसले कति बेला राख्यो खुल्न सकेको छैन भने, दशेभर उम्मेदवारमाथि आक्रमण भैरहेको अवस्थामा विप्लव नेतृत्वको नेकपाले उक्त बम राखेको आसङ्का गरिएको छ ।
निर्वाचनलाई बाधा पुर्याउने गतिविधि गर्ने आसयले विप्लव नेतृत्वको नेकपा समर्थित धादिङ ३ जना कायृकर्तालाई प्रहरीले केहि दिन पहिला पक्राउ गरेको थियो । पक्राउ परेका बैरेनी गल्छीका गोपाल तामाङ हाल आफ्नो पार्टीको कुनै पनि तहमा कृयाशिल नभएको भन्दै नेकपा धादिङले विज्ञपती समेत जारी गरेको थियो ।