आँखा रोजौँ, समृद्ध तर्फ लम्कौं -सापकोटा

Avatar photo
Dhadingpost
आइतवार, मंसिर ३, २०७४

धादिङ मंसिर ३ । धादिङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ अन्तरगत प्रदेश सभा २ सदस्य नयाँ शक्ति पार्टीका उम्मेदवार विष्णु प्रसाद सापकोटा यतिबेला भोटमाग्दै घरदैलो अभियानमा छन् ।
कृषिलाई विशेष जोड दिँदै नयाँ शक्ति पार्टी गठनभए देखिनै गाउँ गाउँमा कृषि बिऊ, र व्यवसायीकतामा जोड दिएर उदाहरणिय काम गरेका सापकोटा आँखा खोलौं, समृद्ध तर्फ लम्कौं भन्दै भोट माग्ने अभियानमा छन् ।
वि.स. २०३१असार ११ गते त्रिपुरासुन्दरी ५ चिसापानीमा जन्मिएका सापकोटाले स्नातक सम्मको अध्ययन पुरा गरेका छन् ।
२०६२/०६३ को आन्दोलनमा सहभागी भएका उनी २०७२ मा नयाँ शक्ति नेपाल केन्द्रिय परिषद सदस्य छन् । अत्यन्त मिजाशिला सापकोटा बाम गठबन्धन (एमाले र माओवादी केन्द्र) का जगत सिंखडा र लोकतान्त्रिक गठबन्धन (काँग्रेस र राप्रपा) को डम्बर तामाङ सँग एक्लै प्रतिस्पर्धा गर्दै छन् ।
धादिङको २ नम्बरका सबै उम्मेदवारले काँग्रेसलाई सघाउने गरि उम्मेदवारी फिर्ता गरे पनि सापकोटाले उम्मेदवारी फिर्ता गरेनन् । हार जित चुनावमा गएसी पक्कै हुन्छ, मुख्य कुरा सुशासन र आर्थिक समृद्धिका लागि नयाँ शक्तिको जन्मभएको बताउँदै आफुलाई जनताले जिताउनेमा सापकोटा विश्वस्त छन् ।
प्रत्यक्ष उम्मेदवार सापकोटा र नयाँ शक्तिका प्रतिनिधि सभा सदस्य समानुपाति उम्मेदवार डा.राजेन्द्र केसी राम ढकाल लगायतको अगुवाईमा घर दैलो अभियान संचालन भै रहेको छ ।