धादिङ मंसिर १ । धादिङ प्रतिनिधि सभा क्षेत्र नं २ को प्रदेश सभा क्षेत्र नं. २ मा भएको वाम गठबन्धनको ज्यामरुङ सिम्लेमा चुनावी सभामा नयाँ शक्ति र नेपाली काँग्रेस कार्यकर्ता वाम गठबन्धनमा प्रवेश गरेका छन् ।
नयाँ शक्ति पार्टी नेपाल ज्यामरुङका वर्डा संयोजक टिकाराम अधिकारी (राजेन्द्र) र नेपाली काँग्रेसबाट स्थानीय तहको निर्वाचनमा दलित महिला सदस्यमा उम्मेदवारी दिएकी सन्सरी नेपालीको नेतृत्वमा दर्जन भन्दा बढी प्रवेस गरेको बाम गठबन्धनले जनाएको छ ।
माओवादी केन्द्रका नेता पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यतामा भएको चुनावी सभामा प्रदेश सभा सदस्यका उम्मेदवार जगत सिंखडा, कमल सापकोटा, इन्द्र ढुङ्गाना, नारायण कार्की लगायतको आतिथ्यता रहेको थियो ।